अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

“कोरोना सङ्क्रमित आमाले पनि शिशुलाई दूध चुसाउनु ”– स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ साउन २० गते ६:०९ मा प्रकाशित

सरकारले आमालाई कोरोना सङ्क्रमण भए पनि शिशुलाई दूध चुसाउन आग्रह गरेको छ ।आमालाई कोरोना सङ्क्रमण भएमा पनि दूध चुसाउँदा शिशुलाई कोरोना सर्ने कुरा प्रमाणित नभएकोले शिशुलाई दूध खुवाउँदा समस्या नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तर सङ्क्रमित आमाले मास्क लगाउनु पर्ने तथा शिशुलाई दूध खुवाउनुअघि साबुन पानीले राम्रोसँग हात मिचीमिची धुनुपर्ने र दूध चुसाउनुअघि दूधको मुन्टालाई राम्रोसँग सफा गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।यदि सङ्क्रमित आमाको अवस्था गम्भीर भएर दूध चुसाउन नसकेमा परिवारका सदस्यले आमाको दूध निचोरेर सफा भाँडामा राखी खुवाउन पनि उहाँले आग्रह गर्नुभयो । शिशुको लागि आमाको दूध उत्तम आहार हो, यसले शिशुमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै सबै किसिमका पोषण तत्व प्राप्त हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमित आमाले शिशुलाई दूध चुसाउँदा सङ्क्रमणको जोखिम हुने भन्दा फाइदा धेरै भएको बताएको छ । हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्ता विश्व स्तनपान दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू