अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

वाणिज्य विभागले बजारमा स्वास्थ्य मापदण्ड अपनाए/ नअपनाएको अनुगमन गर्ने

बिआरटीनेपाल २०७७ साउन २० गते ६:०९ मा प्रकाशित

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबारबाट बजारमा कोरोना रोकथामका लागि उपाय अपनाएको/ नअपनाएको पनि अनुगमन थाल्ने भएको छ । विभागले कोरोनाको जोखिम बढिरहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय, ट्राफिक महाशाखाको सहयोगमा विभिन्न बजारहरुमा स्वास्थ्य मापदण्ड अपनाएको वा नअपनाएको अनुगमन थाल्ने भएको हो ।

विभागले मानिसको चाप बढी हुने ठाउँ तथा विभिन्न कार्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएरनभएको अनुगमन गर्न र आवश्यक कारबाही गर्ने जनाएको छ । विभिन्न व्यापारिक प्रतिष्ठान तथा पसलहरुमा पनि सामाजिक दूरी नराख्ने तथा मास्कसमेत नलगाउने गरेको पाइएको भन्दै विभागले अनुगमन सुरु गर्न लागेको हो ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले न्यूनतम् स्वास्थ्य मापदण्डसमेत नअपनाएको र कोरोनाको जोखिम बढिरहेको भन्दै जोखिम न्यूनीकरणका लागि विभागले अनुगमन गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई आवाश्यक कारबाही पनि गरिने बताउनुभयो ।‘लकडाउन’ खुलेपछि काठमाडौंका विभिन्न स्थानहरुमा मानिसको चाप बढ्न थालेको छ ।

मानिसको अत्यधिक चाप तथा स्वास्थ्य मापदण्डकोसमेत पालना नगर्दा कोरोनाका बिरामीसमेत बढ्न थालेका छन् । लकडाउन खुलेपछि सबै प्रकारको पसल एकसाथ खोलिनु तथा मानिसको आवतजावत बढ्नु नै कोरोना संक्रमण फैलिनुको मुख्य कारणको रुपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू