अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

सेती प्रादेशिक अस्पतालमा आइसियू र भेन्टिलेटरको चरम अभाव

बिआरटीनेपाल २०७७ साउन २० गते ६:०६ मा प्रकाशित

सुदूरपश्चिममा पनि लक्षणसहितका संक्रमित थपिने जोखिम बढेको छ ।सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सुदूरपश्चिममा पनि लक्षण सहितका संक्रमित देखिने सम्भावना बढेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिमका अस्पतालमा आइसियू र भेन्टिलेटरको चरम अभाव रहेको बताउनुभयो ।स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिममा १२ शैयाको आईसियू र सात वटा भेन्टिलेटर मात्र हुँदा समस्या भएको बताएको छ ।

सेती प्रादेशिक अस्पतालमा १० शैयाको आईसियू र ५ भेन्टिलेटर, महाकाली अस्पतालमा दुई शैयाको आईसियू र डडेल्धुरा अस्पतालमा दुई वटा भेन्टिलेटर रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू