अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

कोरोना महामारीबीच श्रीलंकामा बुधवार चुनाव गरिंदै

बिआरटीनेपाल २०७७ साउन २० गते ६:०३ मा प्रकाशित

श्रीलंकामा कोरोना महामारीको बीचमा पनि आम चुनावको लागि बुधबार मतदान हुने भएको छ । जसका लागि विशेष व्यवस्था गरिएको जनाइएको छ। २ सय २५ सदस्यीय संसदको चुनावका लागि ७ हजार ४ सय ५० भन्दा बढी उम्मेद्वार मैदानमा आउने छन्। करिब एक करोड ६२ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन्। संक्रमणका कारण करिब चार सय मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने छैनन्।

यद्यपि धेरै प्रकारका व्यक्तिहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न सक्ने बनाउन थुप्रै प्रकारका प्रबन्धहरू गरिएको छ। निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले चुनाव प्रक्रियाको कारण कोरोनाको मुद्दामा कुनै वृद्धि नहुने दावी गर्नुभएको छ । उनले भन्नुभयो, ‘जनतालाई आफ्नै कालो वा निलो कलमले मतदान गर्न दिएपछि छाप्ने विकल्प दिइनेछ। यदि कसैले कलम नलिइ आएमा उनलाई एउटा जीवाणुमुक्त कलम दिइनेछ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू