अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

लद्दाख सीमामा चीनका १७ हजार सैनिक, भारतले तैनाथ गर्यो टी–९० ट्यांक

बिआरटीनेपाल २०७७ साउन २० गते ६:०० मा प्रकाशित

लद्दाख क्षेत्रमा भारत र चीनबिचको सीमामा उत्पन्न तनाव पूर्ण रुपमा टुंगिएको छैन। गएको आइतबार दुवै पक्षका कमाण्डर तहमा वार्ता भयो तर सीमा विवाद पूर्ण रुपमा रोकिएको वा थामिएको छैन ।भारतीय पत्रिका हिन्दुस्तानका अनुसार लद्दाखसँग जोडिएको सीमा क्षेत्रमा चीनले १७ हजार सैनिक तैनाथ गरेको छ। भारतले पनि सीमा क्षेत्रमा टी–९० ट्यांक स्थापना गरेको पत्रिकाले उल्लेख गरेको छ ।

योसँगै भारतले सैनिक पनि तैनाथ गरेको छ। पत्रिकाका अनुसार चीनले दोलत बेग ओल्डी र देपसाङ्ग क्षेत्रमा १७ हजार सैनिक खटाएको हो । भारतले काराकोरम नजिक पेट्रोलिङ्ग प्वाइन्ट–१ देखि देपसाङ्ग मैदानसम्म सैनिक खटाएको सरकारी स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तानले लेखेको छ । सो स्थानमा गएको अप्रिल–मे मा चीनका सैनिक रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू