अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

“मेरै पार्टीका नेताहरु कोरोना संकटप्रति लापरवाह बने” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ साउन २० गते ५:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनिरहेका बेला पार्टीभित्रै केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेर गैर जिम्मेवारपूर्ण काम गर्न खोजिएको भन्दै गुनासो गर्नुभएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले संकट घडीमा आफ्नै पार्टीभित्रबाट असहयोग भएको भन्दै नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोनाभाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको भन्दै गुनासो गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरू मुलुकको संकट कोरोनाप्रति लापरबाह, जनताप्रति उदासिन हुँदै स्वार्थका पछाडि कुदेको टिप्पणी गर्नुभयो ।

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू