अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ साउन २० गते ५:५२ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा २५९ जना नयाँ संक्रमित बढेसंगै कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

थपिनेमा काठमाडौं उपत्यकाका मात्रै ६२ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ जनाले मात्र कोरोना जितेर घर फर्केका छन् । हालसम्म निको भएकाको संख्या १५ हजार २६ पुगेको छ ।

मुलुकमा अहिलेसम्म ५८ जनाको कोरोनाबाट मृत्यु भएको छ । हाल ५ हजार ९ सय २५ जना आइसोलेसनमा रहेका छन् । १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयले कोरोनाबाट बच्ने एकमात्र उपाय एएमएस सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू