अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

श्रोत नखुलेको ९ लाख रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी पक्राउ

बिआरटीनेपाल २०७७ साउन १९ गते ७:१० मा प्रकाशित

बाँके राष्ट्रिय निकुञ्जका दुईजना कर्मचारी श्रोत नखुलेको रकमसहित रुपन्देहीमा पक्राउ परेका छन्।बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया करिब ९ लाख रुपैयाँ घुससहित रुपन्देहीबाट पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।

भुसालका अनुसार उनीहरु नगद ३ लाख ४८ हजार घुस रकम र ५ लाख ५० हजारका विभिन्न बैँकका चेकसहित पक्राउ परेका हुन्। अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई निकुञ्जकै बा २ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरेको उहाँले बताउनुभयो ।

उनीहरु सोमबार दिउँसो सैनामैना नगरपालिका–१० बाट पक्राउ परेका हुन्। उनीहरुसँग आएको रकम र उनीहरुले कहाँ लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू