अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

कर्मचारीलाई कोरोना देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय ‘सील’

बिआरटीनेपाल २०७७ साउन १९ गते ७:०९ मा प्रकाशित

भेरी अस्पतालमा गरिएको परिक्षणमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ११ जना बाँकेका छन्। सात जना रुकुमपूर्व र दुई जना सल्यानका छन्।बाँकेका ११ जनामध्ये आठ जना स्थानीय तहका पदाधिकारी छन्। एक जना वडाध्यक्ष र बाँकी स्थानीय तहका कर्मचारी हुन्।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत चार जना अधिकृत, वडा कार्यालयका दुई सचिव र एकजना कम्प्युटर अपरेटर हुन्। बाँकी तीन जना जग्गा व्यवसायी, मार्बल पसले र सहकारीका कर्मचारी रहेका छन्।कोरोना समुदायमा फैलिएको आँकलनपछि नेपालगञ्जमा निषेधाज्ञा जारी गरिएको गरेको दोस्रो दिन सोमबार ठूलो संख्यामा कोरोना भाइरस देखिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका धेरै कर्मचारीलाई कोरोना देखिएपछि सोमबारदेखि नै कार्यालयलाई सील गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म कार्यालयलाई सील गरिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू