अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

भदौ १ बाट सुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपालका दुईसहित १२ एयरलाइन्सको प्रस्ताव

बिआरटीनेपाल २०७७ साउन १९ गते ७:०९ मा प्रकाशित

बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन्।नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन्।

नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्स, भारतको इण्डिगो एयर, चीनको एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजीरा एयर, संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएका छन्।

सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। सोही अनुरुप दुबैतर्फका एयरलाइन्सले आफ्नो उडान तयारीलाई तीव्रता दिएका छन्। प्राधिकरणका प्रवक्ता क्षेत्रीले अन्तर्राष्ट्रिय एयरलाइन्सले शुरुमा एक साताको उडानका लागि निवेदन दिएका हुन्। नेपाल उडान गर्न निवेदन दिएका एयरलाइन्समध्ये मालिन्दा एयरले हप्तामा १५, मलेसियन एयरले पाँच र एयर अरेबियाले पनि समान उडान गर्ने प्रस्ताव गरेको छ।

यस्तै फ्लाई दुबई, सलाम एयर, इण्डिगोले सातामा सातरसात वटा, टर्कीले ६ वटा, जजीराले दुई वटा, एयर चाइना र चाइना साउदर्नले सातामा एकरएक वटा मात्रै उडान अनुमति मागेका छन्।

प्रतिक्रिया