अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

दाङमा करेन्ट लागेर एकै घरका दुई बालकको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १९ गते ७:०५ मा प्रकाशित

करेन्ट लागेर दाङमा एकै घरका दुई बालकको मृत्यु भएको छ । घोराही १ हर्नक निवासी ३७ बर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर रावत र १४ बर्षीय बिरबहादुर रावतको आज विहान ६ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साथै सोहि घटनामा परि मृतकका बुवा घाईते हुनु भएको छ ।

उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । आफनै मकै बारीमा जंगली बँदेल मार्नको लागि राखीएको विद्युतिय तारमा परि उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । बारीमा जंगली बँदेल आएर मकै खाएर क्षति गर्न थालेपछि बंदेललाई मार्न उनीहरुले बारीमा करेन्ट जडान गरेको प्रहरीको भनाई छ ।

आज जनै पुर्णिमाको अवसर पारी बारीको मकै चढाउने भन्दै उनीहरु मकै लिन गएका थिए । सोहि समयमा घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू