अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नजिक

बिआरटीनेपाल २०७७ साउन १९ गते ७:०३ मा प्रकाशित

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या एक करोड ८२ लाख ६१ हजार ६ सय २२ पुगेको छ । जसमध्ये ६ लाख ९३ हजार ४ सय १४ जनाको मृत्यु भइसकेको छ । कोरोनाको उपचारपछि १ करोड १४ लाख ६२ हजार १ सय २३ जना निको भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या ४८ लाख १४ हजार ३ सय ६४ पुगेको छ । १ लाख ५८ हजार ३ सय ७५ जनाको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित रहेको ब्राजिलमा २७ लाख ३३ हजार ६ सय ७७ जना सङ्क्रमित भएकोमा ९४ हजार १ सय ३० जनाको मृत्यु भएको छ ।

सङ्क्रमितको संख्यामा तेस्रो स्थानमा भारत छ । भारतमा १८ लाख ८ हजार ३ सय २२ जनामा सङ्क्रमण भएकोमा ३८ हजार २ सय १ भन्दा धेरैको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू