अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

नासाका अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण

बिआरटीनेपाल २०७७ साउन १९ गते ७:०२ मा प्रकाशित

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान पृथ्वीमा सकुशल अवतरण गरेको छ। अमेरिकाले झन्डै दुई दशकपछि पहिलो पटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो।

यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो। पछिल्लो उपलब्धिले अमेरिकाले अहिले पनि सुरक्षित रूपमा मानवलाई अन्तरिक्षमा पुर्याएर सुरक्षित रूपमा पृथ्वीमा अवतरण गराउने क्षमता रहेको देखाएको छ।

स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडा नजिकको समुद्री क्षेत्रमा प्यारासुटमार्फत अवतरण गरेका थिए। अमेरिकाले सन् १९७५ मा अपोलो– सोयुज मिसनपश्चात पहिलो पटक समुद्री इलाकामा अन्तरिक्ष यात्रीलाई ओरालेको हो। यस मिसनमा कमान्डर बब बेनकिन र डघ हर्ली सहभागी थिए। अन्तरिक्ष अभियान सफल भएकोमा नासाका वैज्ञानिकहरुले सन्तोष व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू