अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

मलेसियामा नेपाली सुरक्षा गार्ड पिट्ने नेपाली सुपरभाइजर प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०७७ साउन १९ गते ६:५७ मा प्रकाशित

मलेसियामा नेपाली सुरक्षागार्डलाई अमानवीय हिसाबले कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊलाई प्रहरीले निजयन्त्रणमा लिएको छ । कलेसियास्थित नेपाली दुतावासले जनाएअनुसार मुराउले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गरेका थिए ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊविरुद्ध किटानी जाहेरी दिएको थियो । किटानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पीडित र पीडकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आत्मसमर्णण गरेका हुन् ।

दुईपक्षबीच आपसी असमझदारी भएपछि कुटपिटको घटना भएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान थालिसकेको पाण्डेले बताउनुभयो । गत बिहीबार सामाजिक सञ्जालमा इस्लाममाथि भएको कुटपीटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दूतावासले पीडितलाई सर्म्पकमा आउन सार्वजनिक अनुरोध गरेको थियो । ४३ सेकेन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खुट्टामा जोडले प्रहार गरेको देखिन्छ भने ६ पटक मुख र गालामा झापड लगाएको देखिन्छ ।

दूतावासका अनुसार दुवैजना गैरकानुनी हैसियतमा मलेसियामा बसेका छन् । दुवैको आवासीय भिसाको म्याद सकिएको छ । दूतावासले पीडितलाई संरक्षण दिएर राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू