अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल आजपनि निस्कर्ष बिहीन

बिआरटीनेपाल २०७७ साउन १९ गते ६:५५ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता आज पनि निष्कर्ष बिहीन भएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्रीसमेत रहनुभएका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार हुनुभएको छैन भने सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उहाँको प्रस्ताव छ । तर, प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताउनुभएको छ । बैठक फेरी भोलि साँझ पाँच बजे बस्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू