अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

सामाजिक दूरी कायम गर्न नेपाललाई विश्व स्वास्थ्य संगठनको अपील

बिआरटीनेपाल २०७७ साउन १९ गते ६:५४ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपील गर्नुभएको छ । पछिल्लो समय सरकारले लकडाउन हटाइ सके पछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ ।

तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले दुरी कायम गर्न अपील गर्नुभएको हो ।अहिलेको समयमा एक अर्काबिच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपील गर्नुभएको हो ।उहाँले कम्तिमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न आग्रह गर्नुभएको छ ।

यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपील गर्नुभएको छ ।हामीले काम ब्यबहारमा एक अर्का बीच दूरी कायम गर्न सके सक्रमण हुने झिनो सम्भावना मात्र रहने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू