अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

अभिनेता ‘अमिताभ वच्चन’ कोरोनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७७ साउन १८ गते ७:०४ मा प्रकाशित

भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ वच्चन कोरोना भाइरसलाई जितेर घर फकिनुभएको छ । आइतबार ट्विटरमा जानकारी दिँदै उहाँले आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभएको हो । बच्चनले ट्विटरमा भन्नुभएको छ, ‘मेरो कोरोना परीक्षण गराएर घरको क्वारेन्टाइनमा फर्किएको छु।’

उहाँले आफूलाई जन्म दिने माता पिताको आशिर्वाद, समर्थकहरुको प्रार्थना र नजिकबाट माया गर्ने फ्यानहरुको मायाले सुरक्षित रहेको बताउनुभयो । यसका साथै नानावती अस्पतालमा काम गर्ने नर्सहरुलाई पनि उहाँले धन्यवाद दिनुभएको छ ।

अमिताभलाई असार २७ गते कोरोना भाइरसको संक्रमण देखिए पछि अस्पताल भर्ना गरिएको थियो । उहाँ आफैले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू