अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

दक्षिण अफ्रिका विश्वकै पाँचौ कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक बन्यो

बिआरटीनेपाल २०७७ साउन १८ गते ७:०० मा प्रकाशित

दक्षिण अफ्रिका विश्वकै पाँचौ कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक बनेको छ । कोरोना भाइरसका संक्रमितको आधारमा सबैभन्दा प्रभावित मुलुकको सूचीमा दक्षिण अफ्रिका अमेरिका, ब्राजिल, भारत र रुसपछि पाँचौं स्थानमा आइपुगेको छ । दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रीले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १० हजार १ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको संख्या पाँच लाख तीन हजार २ सय ९० पुगेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार १ सय ५३ पुगेको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरुले दक्षिण अफ्रिकामा आधिकारिक तथ्यांकभन्दा धेरै गुणा बढी मानिसको मृत्यु कोरोना भाइरसको कारण भएको बताउँदै आएका छन् । समग्र अफ्रिका महादेशमा भएका कोरोना सङ्क्रमितमध्ये आधाभन्दा धेरै दक्षिण अफ्रिकामा छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार अहिले दक्षिण अफ्रिकामा सङ्क्रमण निकै तीव्र गतिमा फैलिइरहेको छ । यससँगै दक्षिण अफ्रिकाको स्थानीय अस्पतालको अवस्था कमजोर बनेको छ । अझै एक महिनासम्म निरन्तर दक्षिण अफ्रिकामा कोरोना भाइरसको सङ्क्रमणका फैलिइरहने विशेषज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू