अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

नेपालमा पहिलो पटक कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट सफल उपचार

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:५८ मा प्रकाशित

नेपालमै पहिलो पटक प्राणघातक कोरोना भाइरस संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट सफल उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ६५ वर्षीय कोरोना संक्रमितको पहिलो पटक प्लाज्माथेरापी विधिबाट सफल उपचार गरिएको हो ।

६५ वर्षीय संक्रमितलाई कोरोना संक्रमणमुक्त भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् । सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो, तर स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको अस्पतालले जनाएको छ ।

सुरुमा उक्त संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको तर, प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको पनि अस्पतालले बताएको छ । अहिले उनलाई आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ । उक्त संक्रमित विराटनगरका हुन् । उनलाई केही दिन अगाडि मात्रै उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू