अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 14:36

उत्तर कोरियामा पनि कोरोना संक्रमण– देशभर लकडाउन र संकटकाल

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:५७ मा प्रकाशित

कोरोना महामारीबाट लामो समय मुक्त रहँदै आएको उत्तर कोरियामा पनि यसको असर देखिन थालेको छ ।अन्तर्राष्ट्रिय मिडियाका अनुसार उत्तरका सर्वोच्च नेता किम जोङ उनले हालै लकडाउन सहित संकटकाल घोषणा गर्नुभएको छ । सीमाक्षेत्रमा पर्ने काएसोङ सहरमा पहिलो संक्रमित भेटिएपछि देशमा स्वास्थ्य संकटकाल घोषणा गरिएको हो ।

कोरोनाभाइरस महामारी २०१९ को डिसेम्बरदेखि फैलिए पनि जुलाईको अन्त्यसम्म कोही पनि संक्रमित नभएको दावी उत्तरले गर्दै आएको थियो । पछिल्लो साता प्योङयाङमा पनि एक महिलालाई संक्रमण भएको दक्षिण कोरियाली मिडियाले खबर सार्वजनिक गरेका थिए ।

चीनको छिमेकी देश उत्तर कोरियाले आफ्ना सीमा पहिलेदेखि नै कडा बनाउने गरेको छ । यद्यपि एक महिनाअघि मात्रै महामारीबाट बच्न सावधानी अपनाउनुपर्ने भन्दै राजनीतिक नेताहरुबीच छलफल चल्ने गरेको थियो । लकडाउन र संकटकाल कस्तो प्रकृतिको भन्ने बारे विस्तृत सूचना भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू