अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

सुनको मूल्य प्रतितोला १ लाख नजिक

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:४६ मा प्रकाशित

सुनको मूल्य प्रतितोला १ लाख नजिक पुगेको छ । नेपाली बजारमा भाउ ह्वात्तै बढेर तोलामा एक लाख रुपैयाँ छुनै लागेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आईतबार सुनको भाउ ९९ हजार ६ सय कायम गरिएको छ । शनिवारकोे तुलनामा आइतबार ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो । तेजाबी सुनको भाउ ९९ हजार एक सय ६० रुपैयाँ तोकिँदा चाँदीको भाउ तोलामा १ हजार २ सय ३० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू