अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

कतारमा अलपत्र १५० जना नेपाली स्वदेश फर्किए

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:४५ मा प्रकाशित

कोरोना संक्रमणका कारण कतारमा अलपत्र परेका १५० नेपाली आइतबार स्वदेश फर्किएका छन् । ८ जना महिला सहित १४२ जना पुरुष आइतबार नेपाल फर्किएको सरकारले जनाएको छ । तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीले राजदूतावासले तोकेको फाराम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासमा बुझाएका थिए ।त्यसैका आधारमा प्राथमिकता निर्धारण गरी उनीहरूलाई स्वदेश फर्काइएको हो ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् । उक्त चार्टर्ड उडान दोहाबाट भएको २१औं उडान उडान हो । सरकारले ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका, २०७७’ स्वीकृत गर्दै विदेशमा अलपत्र नेपालीलाई उद्धार गरेको हो ।

निर्देशिकाको दफा ६ अनुसार आफ्नै खर्चमा नेपाल फर्कन नसकी अलपत्र परेका कामदारका लागि कोषबाट स्वदेश फिर्ताका लागि रकम व्यहोर्ने जनाइएको छ ।एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकट खर्चको शतप्रतिशत रकम कोषले व्यहोर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू