अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

नेकपा अध्यक्षद्धय ओली–प्रचण्डबीच छलफल, स्थायी कमिटी बैठक अझै अनिश्चित

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:४४ मा प्रकाशित

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज करिव तीन घण्टा भएको छलफल निष्कर्ष बिहिन भएर टुंगिएको छ । साउन १३ गते ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्य सहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।

प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुग्नुभएको थियो भने ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सहभागी गराउनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको बैठकमा सहभागि नेताले बताएका छन् । बैठक भोलि पुनः छलफलमा बस्ने गरी टुंङ्गिएको छ ।

प्रचण्डको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले अर्का अध्यक्ष ओलीसँग सम्वाद गरी बैठकको नयाँ मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । यसबीचमा प्रचण्डले महासचिव बिष्णु पौडेललाई बोलाएर सहमतिका केही विकल्प समेत अघि सार्नुभएको थियो ।

तर ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सुचारु गर्नेबारे पनि सहमति बन्न सकेन । पार्टीभित्रका मध्यमार्गी नेताले दुवै अध्यक्षबीच समझदारीको प्रयास गरेका छन् । दुई अध्यक्षबीच समझदारी भएपछि मात्र बैठकको मिति तोकिने बैठकमा सहभागि नेताले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू