अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

नेपालमा २ सय ४६ जना कोरोना संक्रमित थपिए, संक्रमितको कुल संख्या २ हजार ३३२ पुग्यो, ५७ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:४३ मा प्रकाशित

नेपालमा थप २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २४६ जनामा संक्रमण देखिएसंगै कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको जानकारी दिनुभयो । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १११ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ६०३ पुगेको छ । हालसम्म ७१.८ प्रतिशत डिस्चार्ज भएको बताईएको छ । पछिल्लोपटक पर्सामा थप १ जनाको मृत्यु भएसंगै मुलुकमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण भएको छ । ५ हजार ३ सय ६२ जना आइसोलेसनमा रहेका छन् । १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले गत साउन १४ गतेको निर्णय अनुसार नेपालमा कहीं पनि आरडीटी परीक्षणलाई प्रतिवन्ध लगाइएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू