अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

आर्सनलले जित्यो कीर्तिमानी १४ औँ पटक एफए कपको उपाधि

बिआरटीनेपाल २०७७ साउन १७ गते २३:४३ मा प्रकाशित

‘हेड्स अप एफए कप’ फुटबलको उपाधि आर्सनलले जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले पराजित गरी आर्सनलले कीर्तिमानी १४ औँ पटक एफए कपको उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् । उनले २८ औँ मिनेटमा पाएको पेनाल्टी र ६७ औँ मिनेटमा गोल गरे ।क्रिष्टियन पुलिसिकले पाँचौँ मिनेटमा गरेको गोलबाट सुरुवाति अग्रता लिएको चेल्सीले त्यसलाई जोगाउन सकेन। ७३ औँ मिनेटमा कोभासिक दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

पूर्व खेलाडी मिकेल आर्तेताले प्रशिक्षकका रुपमा पहिलो सिजनमै प्रमुख उपाधि जितेका हुन्। यो खेललाई प्रशिक्षकबिचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको थियो । त्यसमा बाजी आर्तेताले मारे। तर फ्र्यांक लाम्पार्डको टिमले पनि राम्रो प्रदर्शन गरेको थियो । प्रशिक्षकका रुपमा पहिलो सिजनमा लाम्पार्डले उपाधि भने जित्न सकेनन् । जित निकालेको आर्सनलले आउँदो सिजन युरोपा लिगका लागि स्थान पक्का पनि गरेको छ।

प्रतिक्रिया