अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

कोरोनाबारे छलफल गर्न डब्लूएचओको आपतकालीन बैठक

बिआरटीनेपाल २०७७ साउन १७ गते २३:२४ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आपतकालीन कमिटीको बैठक सम्पन्न भएको छ । बैठकपछि डब्लूएचओका प्रमुख (महानिर्देशक) डा. टेड्रोस एडहानम ग्रेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको बताउनुभएको छ ।

डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। यसपछि विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आकलन गर्न डब्लूएचओको आपतकालीन कमिटीको बैठक बसेको हो ।

बैठकले अहिले पनि यो विश्वव्यापी महामारी नै रहेको निष्कर्ष निकालेको छ । डब्लूएचओका प्रमुख डा. टेड्रोसले सुरुमा जहाँ सङ्क्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको बताउनुभयो । तीन महिनापछि डब्लूएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने तय भएको बीबीसीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू