अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

कमल र नग्माको अभिनयमा अमेरिका निवासी गीतकार बालकृष्ण न्यौपानेको कम्मरमा पटुकी सार्वजनिक

बिआरटीनेपाल २०७७ साउन १७ गते ११:३४ मा प्रकाशित

अमेरिका निवासी गीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत कम्मरमा पटुकी सार्वजनिक भएको छ । सुनिल राईको सङ्गीत र गायक प्रताप दासको आवाज रहेको गीतकार न्यौपानेको कम्मरमा पटुकी गीत भिडियो सहित सार्वजनिक भएको हो ।एल्बम बिहानीको शीतलमा समाविष्ट यो गीतको भिडियोलाई निर्देशक मुनाल शिशिरले निर्देशन गरेका हुन् भने भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको कम्मरमा पटुकीलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

हाल अमेरिकाको ह्यारिसबर्ग, पेन्सिलभेनिया बसोबास गर्दै आएका छन् गीतकार बालकृष्ण न्यौपाने अमेरिकामा रहेर पनि नेपाली साहित्य र सङ्गीतमा क्रियाशील रहँदै आएका छन् । उनका यस अघि तितो लाग्न थाल्यो, अव यी हातहरू, पहिले कतै लगायतका गीतहरू सार्वजनिक छन् । आफैँ पनि राम्रो गायन क्षमता भएका उनका स्वरमा पनि जहाँ जान्छु त्यहीँ पाउँछु, हाम्रो पहिलो प्रेम, अव यी अल्छी हातमा, बनमारा फुल्ने फूलमा लगायतका गीतहरू सार्वजनिक छन् ।

Singer: Pratap Das
Music: Sunil Rai
Lyrics: Bal K. Neopaney
Album: Behiniko Sital
Producer: Durga Dhimal (Neopaney)
Video: A Young Minds Presentation
Director: Munal Shishir Koirala
Choreographer: Surendra Basel
Edit: Arjun Pokhrel

प्रतिक्रिया