अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

अम्बिका गुरुङको शब्द तथा शङ्कर थापाको स्वरमा ‘वीर गोर्खाली’ सार्वजनिक(भिडियो सहित)

बिआरटीनेपाल २०७७ साउन १७ गते ९:५९ मा प्रकाशित

काठमाडौँ – भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानलको पाँचौँ एनिभर्सरिको उपलक्ष्यमा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द तथा गायक सङ्गीतकार शङ्कर थापा स्माइलले स्वरबद्ध गरेको राष्ट्रिय गीत ‘वीर गोर्खाली’ सार्वजनिक भएको छ। वरिष्ठ गीतकार तथा साहित्यकार अम्बिका गुरुङले रचना गरेका आफ्ना गीत सङ्गीत तथा साहित्यका भिडियोहरुलाई भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत प्रस्तुत गर्दै आएकी छिन। दर्जनौँ लोकप्रिय गीतहरूमा आफ्ना कलात्मक शब्दहरूले करडौ नेपालीहरूको मन मुटुमा बस्न सफल वरिष्ठ गीतकार अम्बिका गुरुङले नेपाली गीत सङ्गीतमा गरेको योगदान अतुलनीय रहेको छ। भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानल पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरूलाई समेत उनले आभार व्यक्त गरेकी छिन।

वरिष्ठ गीतकार अम्बिका गुरुङ शब्द, गायक-सङ्गीतकार शङ्कर थापा स्माइलको स्वर तथा सङ्गीत रहेको सार्वजनिक म्युजिक भिडियोलाइ बुद्ध थापाले छयांकन गरेका हुन् भने निशान कश्यपले निर्देशन तथा सम्पादन गरेका छन्। वीर गोर्खाली एउटा स्रोत सामग्री भिडियो हो। यस भिडियोलाइ हेरेर जो कोहिले पनि आफ्नो देशको लागि गर्व गर्न सक्नेछन् भने निर्देशक निशान कश्यपको कडा परिश्रम र समर्पणका लागि समेत सम्पूर्ण दर्शकहरूले धन्यवाद दिने कुरामा गीतकार गुरुङ विश्वस्त छिन। पाँच मिनेटको भिडियोमा तपाईँहरूले सम्पूर्ण नेपालको गौरवशाली मान्छेहरूलाई देख्न र चिन्न सक्नुहुनेछ र हाम्रो नेपाल के हो र हामी को हौँ भनेर जान्न पनि सक्नुहुनेछ। भिडियो हेर्नुहोस:

 

प्रतिक्रिया