अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

सभामुख सापकोटाको निवासका कर्मचारीलाई कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:५५ मा प्रकाशित

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत् एकजना कर्मचारीलाई कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत् ३० जनाको स्वाब संकलन गरिएको छ ।

त्यस्तै, सिंहदरबारभित्र ट्राफिक व्यवस्थापन गर्ने दुईजना ट्राफिक प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू