अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

भारतमा मदिराको सट्टा स्यानिटाईजर सेवन गर्दा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:५५ मा प्रकाशित

भारतको आन्द्र प्रदेशमा मदिराको रुपमा स्यानिटाईजर सेवन गर्दा कम्तिमा १० जनाको मृत्यु भएको छ । आन्द्र प्रदेशको कुरिछेदु गाउँमा लकडाउनको कारण मदिरा पसल बन्द भएपछि केहीले स्यानिटाईजरलाई नैं मदिराको सट्टा सेवन गरेका थिए ।

यसरी सेवन गर्नेहरुमा गम्भिर स्वास्थ्य समस्या देखिएको र अहिलेसम्म कम्तिमा १० जनाको मृत्यु भएको स्थानिय अधिकारीहरुले बताएका छन् ।उनीहरुले स्यानिटाइजरलाई चिसो पेय पदार्थ तथा अन्य सफ्ट ड्रिङ्कसँग मिसाएर पिएका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । स्यानिटाईजरमा अन्य केही विषालु रसायन थियो कि थिएन भन्नेबारे छानविन गर्न प्रहरीले नमुना संकलन गरि प्रयोगशालामा परिक्षणका लागि पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू