अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

क्यानडामा पर्यटक आगमनमा रोक

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:५३ मा प्रकाशित

कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर क्यानेडा सरकारले पर्यटकको आगमनमा रोक लगाएको छ । क्यानडाको विदेश मन्त्रालयले ३१ अगस्तसम्मका लागि पर्यटकको आगमनमा रोक लगाएको हो । साथै क्यानेडा सरकारले कोरोना सङ्क्रमणको बारेमा निगरानी गर्नका लागि सम्पर्क पत्ता लगाउने
मोबाइल एपपनि सार्वजनिक गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार अमेरिका बाहेक अन्य मुलुकका नागरिकले क्यानेडा प्रवेश गर्न पाउने छैनन् । क्यानेडामा यो साता कोरोना सङ्क्रमणको दरमा वृद्धि नभएपनि दोस्रो चरणको शंकटबाट जोगिनका लागि सरकारले विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको हो ।

क्यानेडामा हालसम्म एक लाख १६ हजारभन्दा बढी कोरोनाका कारण सङ्क्रमित भएका छन् भने ८ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू