अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

एफए कपको फाइनलमा आज चेल्सी र आर्सनल भिड्दै

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:४८ मा प्रकाशित

इङ्गल्याण्ड पुरानो फुटबल प्रतियोगिता एफए कपको फाइनलमा आज चेल्सी र आर्सनल भिड्दैछन् ।लण्डनका यी दुई टोलीबिचको खेल ऐतिहासिक वेम्बले रंगशालामा आज बेलुकी नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ ।सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल तथा म्यान्चेस्टर युनाईटेडलाई पाखा लगाउँदै चेल्सी फाइनलमा पुगेको हो ।

दुबै टोली जारी सिजनमा पहिलो उपाधिको खोजीमा छन् ।दुई युवा प्रशिक्षकहरु मिकेल अर्टेटाको आर्सनल र फ्राङ्क लाम्पार्डको चेल्सीलाई इंग्लीश फुटबलमा नयाँ युगको थालनीको रुपमा हेरिएको छ ।

प्रिमियर लिगमा चौथो स्थान हात पारेको चेल्सी आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भईसकेको छ । यो सिजनको प्रिमियरसिपमा खराब प्रदर्शन गरेको आर्सनललाई युरोपा लिगमा छनौट हुन आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू