अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थप

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:४७ मा प्रकाशित

नेपाली काँग्रेसले पदावधि सकिएका पार्टीका बिभिन्न ९ वटा भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थपेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद सकिएका मितिबाट छ महिनाका लागि भ्रातृ सङ्घहरुको म्याद थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।

महाधिवेशन नजिकिँदै गर्दा काँग्रेसमा गुटगत राजनीति चलिरहेको बेलामा सभापति देउवाले एकलौटी रूपमा सङ्घहरूको म्याद थप्नुभएको छ । नेता रामचन्द्र पौडेल पक्षले भने आफूहरूसँग छलफल नगरी जथाभावी निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू