अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

विश्वभर १ करोड ७७ लाख ९५ हजार ८ सय भन्दा बढीमा कोरोना संक्रमण, १ करोड ११ लाख ८६ हजार भन्दा बढी निको भए

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:४२ मा प्रकाशित

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ९५ हजार ८ सय ५४ पुगेको छ। जसमध्ये ६ लाख ८३ हजार ८ सय ६ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ७ हजार ४ सय १ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि १ लाख ५६ हजार ७ सय ७२ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २६ लाख ६६ हजार २ सय ९८ जना संक्रमित भएकोमा ९२ हजार ५ सय ६८ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १७ लाख १ हजार ५ सय ३२ जनामा संक्रमण भएकोमा ३६ हजार ५ सय ८७ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ८ लाख ४५ हजार ४ सय ४३ जना संक्रमित भएका छन् भने १४ हजार ५८ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ३५ हजार ६ सय २ संक्रमित भएकोमा २८ हजार ४ सय ४५ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ३ लाख ३ हजार १ सय ८१ संक्रमित भएकोमा ४६ हजार १ सय १९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख १४ हजार ७ सय ३५ छ भने १९ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ। यस्तै हालसम्म विश्वभर १ करोड ११ लाख ८६ हजार ४ सय २४ जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू