अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

लकडाउनपछि पोखराका १० प्रतिशत होटल मात्रै सञ्चालनमा

बिआरटीनेपाल २०७७ साउन १६ गते ६:२७ मा प्रकाशित

कोरोना (कोभिड–१९) विरुद्ध आवश्यक मापदण्ड बनाएर पोखराका होटल रेष्टुराँमध्ये १० प्रतिशत मात्र संचालनमा आएका छन् । लामो दूरीका सवारीसाधन नचलेको र हवाइ यातायात बन्द रहेको हुँदा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान रहेको छ । बिहीबारबाट पोखराका करिब १० प्रतिशत होटलमात्र संचालनमा आएको पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

संघका अध्यक्ष विकल तुलाचनले होटल व्यवसायहरु खुल्ला गर्ने भनेर सूचना आएपनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताउनुभयो । उहाँले होटल चल्नेभन्दा पनि विस्तारै तयारीका लागि खोल्न थालेको बताउनुभएको छ ।पोखराका ठुला होटल फुलवारी, ग्राण्ड, सांग्रिला, फिस्टेल, टेम्पल ट्री, स्वीस इन्टरनेशनल र बाराही लगायत होटल अझै खुलेका छैनन् ।

पोखराका केही होटलले सरकारको सूचना बमोजिम आंशिक रुपमा कर्मचारी राखेर संचालनमा ल्याएको बताएका छन् । सञ्चालित होटलहरुमा कर्मचारीलाई मास्क र पञ्जा अनिवार्य गर्दै ग्राहकको पनि ज्वरो नाप्ने र सेनिटाइजर वा हात धुने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू