अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह

बिआरटीनेपाल २०७७ साउन १६ गते ६:२१ मा प्रकाशित

कोरोना भाइरस सङक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ । आज अयोगले एक विज्ञप्ति जारी गर्दै भोलि परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन आग्रह गरेको हो ।

इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्मा मुफ्ती, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन आयोगका अध्यक्ष समिम अन्सारीले आग्रह गर्नुुभएको छ ।

National Muslim Commission

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू