अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 18:06

सवारी जोरविजोर प्रणाली गर्न स्वास्थ्यले पठायो गृहलाई चिठी

बिआरटीनेपाल २०७७ साउन १६ गते ६:१९ मा प्रकाशित

लकडाउन खुलेसँगै हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ । लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमण दर समेत उकालो लागेको भन्दै स्वास्थ्यले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गत ११ साउनमै चिठी पठाएको बताउनुभयो । उहाँले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौं उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भन्दै अनुरोध पत्र पठाएको बताउनुभयो । गृहले काठमाडौं उपत्यका छिर्ने नाकामा बेलुका ७ देखि विहान ७ सम्म सवारी साधन चल्न नदिने निर्णय भने विहिबारदेखि नै लागू गरेको हो ।

उहाँले भन्नुभयो, ‘लकडाउन खुलेपनि कोरोना जोखिम घटेको छैन। बरु जोखिम बढेको छ । तर मानिसहरुले सामान्य अवस्था जस्तै भिडभाड गर्न थाले, काठमाडौं उपत्यकामा झन्झन् संक्रमण बढ्न थाल्यो । केशहरु छरिन थाले । त्यसैले हामीले आवातजावतमा कम गर्नका लागि पनि जोरबिजोर प्रणाली लागू गर्न भनेका हौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू