अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

मास्क लगाउन किन अटेर गर्छन् नेपाली ?

बिआरटीनेपाल २०७७ साउन १६ गते ६:१८ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा भन्यो, मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारवाही गरिएको छ । यसबाट प्रष्ट हुन्छ की हामी हाम्रो स्वास्थ्यमा कति पनि ख्याल गर्दैनौं ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबारसम्म मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको जानकारी दिनुभयो । सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाँहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने नियम लगाएको छ । यसरी नियन उल्लघंन गरी मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैंया जरिवाना लिने गरिएको छ ।

काठमाडौंमा पनि मास्क प्रयोग नगर्ने र गरेपनि नाक नछोपी लगाउनेको संख्या निक्कै ठुलो छ । प्रहरीका अनुसार सर्वसाधारणलाई मास्क किन प्रयोग नगर्ने भनेर सोध्दा कुनै जवाफ नदिने गरेको र फिस्स हाँस्दै हिड्ने गरेको बताउछन् । उनिहरु यस्तो हर्कतले आफुहरु हैरान भएको बताउछन् ।यसबीचमा प्रहरीले कतिपय ठाउँमा सर्वसाधारणलाई मास्क वितरण समेत गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले पनि अहिलेसम्म १६ हजार जनालाई मास्क दिएको जानकारी दिएको छ ।

यसैबीच, मन्त्रालयले फेरि पनि मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । त्यस्तै मन्त्रालयले काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँहरूमा आमसभा भएको भन्दै त्यस्ता गतिविधि नगर्न सबै राजनीतिक दलहरूलाई अपिल गरेको छ । पछिल्लो समय समुहहरूमा पनि संक्रमण देखिएकाले यस्ता समूहगत गतिविधि नगर्न मन्त्रालयले अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू