अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

मलेसियामा कुटिएका कामदारलाई सम्पर्कमा आउन नेपाली दूतावासको सूचना

बिआरटीनेपाल २०७७ साउन १६ गते ६:१७ मा प्रकाशित

मलेसियामा सुरक्षागार्डको रुपमा काम गरिरहेका एक नेपालीलाई कुटपिट भएको भिडियो सम्बन्धमा मलेसियास्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएको छ।दूतावासले एक सूचना जारी गर्दै पीडित भनिएका युवालाई सम्पर्कमा आउन आग्रह पनि गरेको छ।घटनाको थप अनुसन्धानका लागि राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको पनि दूतावासले जनाएको छ।

‘मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक सञ्जालमा आएको भिडियो सम्बन्धमा नेपाली राजदूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ। सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ’, सूचनामा उल्लेख छ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। जसमा एकजना सुरक्षा गार्डमाथि निर्घात कुटपिट गरिएको देखिन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले कुटिएका सुरक्षा गार्ड नेपाली भएको दाबी गरेका छन्। नेपाली दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि क्वलालम्पुरस्थित नेपाली दूतावासले चासो देखाएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू