अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

विश्वभर १ करोड ७५ लाख ५ हजार ५ सय भन्दा बढीमा कोरोना संक्रमण, १ करोड ९ लाख ६१ हजार भन्दा बढी निको भए

बिआरटीनेपाल २०७७ साउन १६ गते ६:१६ मा प्रकाशित

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ७५ लाख ५ हजार ५ सय ७३ पुगेको छ। जसमध्ये ६ लाख ७७ हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४६ लाख ३५ हजार २ सय २६ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि १ लाख ५५ हजार ३ सय ६ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २६ लाख १३ हजार ७ सय ८९ जना संक्रमित भएकोमा ९१ हजार ३ सय ७७ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १६ लाख ४३ हजार ५ सय ४४ जनामा संक्रमण भएकोमा ३५ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ८ लाख ३९ हजार ९ सय ८१ जना संक्रमित भएका छन् भने १३ हजार ९ सय ६३ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ३२ हजार ५ सय १० संक्रमित भएकोमा २८ हजार ४ सय ४३ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ३ लाख २ हजार ३ सय १ संक्रमित भएकोमा ४५ हजार ९ सय ९९जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ७ हजार ४ सय ९२ छ भने १८ हजार २१ जनाको मृत्यु भइसकेको छ। यस्तै हालसम्म विश्वभर १ करोड ९ लाख ६१ हजार ८ सय ५३ जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू