अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि ट्रम्प विवादमा, आफ्नै पार्टीका नेताहरुबाट विरोध

बिआरटीनेपाल २०७७ साउन १६ गते ०:०६ मा प्रकाशित

नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप विवादमा तानिनुभएको छ । चुनावमा छल हुनसक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने ट्रम्पको तर्क यतिवेला उहाँकै पार्टीका शिर्ष नेताहरुबाट आलोचनाको विषय बनिरहेको छ ।

विपक्षी डेमोक्रेटिक पार्टीले तिब्र विरोध जनाईरहेको बेला ट्रम्पकै दल रिपब्लिकन पनि आलोचनमा उत्रिएको हो । माथिल्लो सदन सिनेटका मेजरिटी लिडर मिच म्याकोनेल र तल्लो सदनका माइनोरिटी लिडर केविन म्याकर्थीले ट्रम्पको प्रस्ताव खारेज गर्नुभएको छ ।

उहाँहरु दुवै जना रिपब्लिकन हुनुहुन्छ । ट्रम्पसँग राष्ट्रपतिको चुनाव पछि सार्ने कुनै अधिकार छैन । चुनाव पछि सार्ने प्रस्ताव संसदले पास गर्नु पर्छ । ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली, छल तथा तथ्यगत नतिजा नआउने भन्दै चुनाव सार्ने प्रस्ताव गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू