अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

अफगानिस्तानमा आत्मघाती कार बम विष्फोट, कम्तिमा १७ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १५ गते २३:५६ मा प्रकाशित

अफगानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएका हुन् ।

मुस्लिमहरुको पर्व इदको लागि पुली आलम बजारमा किनमेलमा व्यस्त सर्वसाधारणकमाझ विष्फोट गराईदा २१ जना घाइते भएका छन् । तालिवान विद्रोहीले आजदेखि तीन दिनसम्म इदका लागि युद्धविराम घोषणा गरेकै दिन शक्तिशाली विष्फोट भएको हो ।

अमेरिकाको सक्रियतामा अफ्गान सरकारसँग शान्ति वार्ताको तयारीमा रहेको तािलवानले विष्फोटमा आफ्नो संलग्नता नरहेको बताईसकेको छ । अर्को आतंकवादी समुह इस्लामिक स्टेटले भने केही प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू