अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

नेपालमा कोरोनाबाट मर्नेको संख्या ५५ पुग्यो, वीरगञ्जमा थप ३ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ साउन १५ गते २३:५२ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या ५५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

यसैगरी, गण्डक कोभिड अस्पतालमा उपचाररत् ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृतको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यस्तै, नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो आएपछि उनलाई साउन ५ गते तराइ हस्पिटलमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो । रिपोर्ट पोजेटिभ आउनु अगाडि नै उनको मृत्यु भएको थियो । योसंगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू