अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

निर्मला हत्या प्रकरणमा मुछिएका तत्कालीन जिल्ला प्रमुखसहित ८ जना प्रहरी निर्दोष ठहर

बिआरटीनेपाल २०७७ साउन १५ गते ६:२१ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोग लागेका आठजना प्रहरीले सफाइ पाएका छन्।

कञ्चनपुर जिल्ला अदालतले तत्कालीन जिल्लाका प्रमुख एसपी दिलीपराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई निर्दोष ठहर गरेको हो। उनीहलाई यातना र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो।

२०७५ साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो। घटनामा संलग्न मुख्य अभियुक्तलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू