अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

कोभिड–१९ विरुद्धको युद्धमा ट्रम्पको गतिविधि असहयोगी : डा. फाउची

बिआरटीनेपाल २०७७ साउन १४ गते २२:४० मा प्रकाशित

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा कोरोना भाइरसविरुद्धको अभियानका शीर्ष सल्लाहकार डा. एन्थोनी फाउचीले महामारीविरुद्धको अभियानमा अमेरिका ‘गलत’ दिशा तर्फ लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जलामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क आवश्यक नरहेको सहितका गलत दाबी गरिएको भिडियो सेयर गर्नुभएको थियो । सो कार्य कोभिड–१९ विरुद्धको लडाईँका लागि उपयुक्त वा सहयोगी नरहेको डा. फाउचीले बताउनुभयो ।

ट्रम्पले सार्वजनिक गरेको भिडियोमा मास्कको विरोध गर्नुका साथै वैज्ञानिक तथा स्वास्थ्यविज्ञले अस्वीकृति गरेको र कुनै पनि वैज्ञानिक प्रमाण नभएको औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने दाबी गरिएको थियो । सो भिडियोमा मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन कोभिड–१९ का लागि उपयुक्त हुने दाबी प्रस्तुत गरिएको थियो, जुन औषधिको ट्रम्प लामो समयदेखि प्रवक्ता रहँदै आउनुभएको छ ।

तर डा. फाउचीले बिबिसीसँगको अन्तर्वार्ताको क्रममा गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभएको हो । गत सोमबार ट्रम्पले ‘अमेरिकाज् फ्रन्टलाइन डक्टर्स’ नामक समूहले हाइड्रोक्सिक्लोरोक्वीनको समर्थन गरेर बनाएको सो भिडियो सेयर गर्नुभएको थियो । सो भिडियो हाल फेसबुक र ट्वीटरले हटाएका छन् । गलत सूचना दिएको भन्दै भिडियो हटाइए पनि १७ मिलियन भन्दा बढीले हेरिसकेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू