अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

बर्षापछिको बाढीले कैलालीका १ सय भन्दा बढी घर डुवानमा

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:३६ मा प्रकाशित

कैलालीमा बर्षासंगै आएको बाढीले एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।जोशीपुरमा काँडा नदी गाउँमा पसेपछि २५ घर डुवानमा परेका छन् ।

उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुवानमा परेका छन । काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढि घर डुवान परेकोे प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो । कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुवानमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू