अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

सभापतिका कारण पार्टीको स्वास्थ्य ठिक नभएको काँग्रेस नेता सिंहको टिप्पणी

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:३३ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गर्नुभएको छ ।तेह्रौं महाधिवेसनबाट पार्टीको नेतृत्व सम्हाल्नुभएका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको नेता सिंहले बताउनुभएको हो ।

नेता सिंहले पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अफ्ठेरो अवस्थामा पुगेको बताउनुभयो ।उहाँले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि पजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताउनुभयो ।महाधिवेसनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने नेता सिंहको भनाइ छ ।

उहाँले पार्टी भित्रका पुराना नेताहरुलाई कारबाही गर्ने अन्यलाई प्रवेश गराउने खेलमा सभापति लाग्नुभएको बताउनुभयो ।पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समय अनुसार ठिक नभएको उहाँले बताउनुभयो । नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरी अवसर दिन नहुने नेता सिंहले बताउनुभयो । नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको औचित्य नरहेको बताउनुभयो । राजनीतिक र वैधानिक रुपमा औचित्य समाप्त भइसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू