अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

पाल्पामा पाउडर दुधको खिर खाँदा ६४ जना बिरामी

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:२१ मा प्रकाशित

पूर्वी पाल्पाको रामपुर नगरपालिकामा पाउडर दूधको खिर खाँदा ६४ जना बिरामी परेका छन् ।रामपुर नगरपालिका–७, मोहटीका ओमबहादुर सुनारको १३औं दिनको पुन्यतिथिमा सहभागी आफन्तहरुले प्रसादको रुपमा खिर खाँदा ६४ जना बिरामी परेका हुन् ।

खिर खाएर बिरामी भएकामध्ये १० जना रामपुर अस्पतालमा र ५४ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको लुम्बिनी मेडिकल कलेजमा उपचाररत् बिरामीहरुले बताएका छन् ।

खानेकुरामा म्याद गुज्रेका र विषादीयुक्त खाना खाँदा यस्तो समस्या भएको उपचारमा संलग्न डा. उदीप महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू