अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

बागलुङमा पहिरोले ९ परिवार विस्थापित

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:०९ मा प्रकाशित

बागलुङको ढोरपाटन नगरपालिका–४, लुकुरबनमा पहिरोका कारण नौ परिवार विस्थापित भएका छन् ।मंगलबार पहिरोले घरमा क्षति पु¥याएपछि नौ घर विस्थापित भएको स्थानीयले बताएका छन् ।

पहिरोले बस्तीनजिक चर्किएको हुँदा स्थानीयलाई छिमेकीको घर, स्वास्थ्यचौकी तथा विद्यालय भवनमा सारिएको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष तिलक पुनले जानकारी दिनुभयो । वर्षाले ढोरपाटन नगरपालिकालगायत निसीखोला र तमानखोलामा पनि क्षति पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू