अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

कोभिड–१९ का कारण विश्वभर १ करोड ६९ लाख २४ हजार ४ सय बढी संक्रमित, ६ लाख ५७ हजार २ सय ९२ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:०८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ६९ लाख २४ हजार ४ सय ६९ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ६४ हजार २ सय २६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित १ करोड ४८ लाख ७ हजार ५ सय ८६ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ५२ हजार ३ सय ५८, ब्राजिलमा ८८ हजार ६ सय ३४, भारतमा ३४ हजार २ सय ५२, रसियामा १३ हजार ६ सय ७३, स्पेनमा २८ हजार ४ सय ३६, मेक्सिकोमा ४४ हजार ८ सय ७६ , बेलायतमा ४५ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १६ हजार ३ सय ४३ , इटालीमा ३५ हजार १ सय २३, फ्रान्समा ३० हजार २ सय २३, जर्मनीमा ९ हजार २ सय ७, क्यानडामा ८ हजार ९ सय १२ र बेल्जियममा ९ हजार ८ सय ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ८ सय ९२, बंगलादेशमा ३ हजार ३५, अफगानिस्तानमा १ हजार २ सय ७१, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९९ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू